रुकुम पूर्वमा बालीकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ


  • रुकुम पूर्वमा बालीकालाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
  • रुकुम पूर्व । रुकुमपूर्वमा बालीकालाई बन्धक बनाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन । जिल्लाकै १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी शरिर बन्धक बनाई करणी गर्ने रुकुम –पूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । पक्राउ पर्नेमा २३ वर्षका पुरुष र १४ वर्षका बालक रहेको जिल्ला प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम खुलाइएको छैन । जिल्लामा पहिलो पटक यस्तो घटना बाहिर आएपछि जिल्लाबासीहरु अच्चमित भएका छन । प्रहरी स्रोतका अनुसार गत चैत्र १ गते घरबाट हराएका ती बालीकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै आफन्तले प्रहरीमा निवेदन दिएका थिए ।   निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र सोही दिनै अभियुक्त दुईजनालाई रुकुमकोटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका कार्यालय प्रमुख डिएसपी गणेश श्रेष्ठले जानकारी दिए । ती दुई बालीकालाई २३ वर्षको पुरुषले कोठामा शरिर बन्धक बनाई जबरजस्ती करणी गरेको नाजुक अवस्थामा फेला पारी उद्धार गरिएको प्रहरीले जनाएको छ । १ गते अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालीकामाथी करणी हुदै आएको अनुसन्धानबाट खुल्न आएको डिएसपी श्रेष्ठले बताए । प्रहरीले घटनालाई गहिरो तरिकाले अनुसन्धान गरिरहेको बताएको छ ।   डीएसपी श्रेष्ठकाअनुसार ती बालीकाहरुलाई बिहान ५ बजेको समयमा दिसा पिसाब गराउनको लागि आफै ट्वाइलेट पुर्याउने र त्यसपछि दिनभरी कोठामा थुनेर राख्ने गरेको खुल्न आएको छ । बालीकाहरु रुने, चिच्याउने गरेमा विभिन्न धम्की दिएर डराइरहेको पनि प्रहरीले जनाएको छ । अभियुक्त दुई जनामाथी अपहरण, शरिर बन्धक र जबरजस्ती करणीको मुद्धा दर्ता गरिएको छ । बालीकाको भने स्वास्थ्य परिक्षण चलिरहेको र प्रहरीको संरक्षणमा राखिएको छ । उनिहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *