सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै


  • सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
  • काठमाडौं । सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार बिहान ११ आईपीओ बाँडफाँड हुने भएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । त्यसमध्ये ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) शेयर सामुहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) शेयर कर्मचारीका लागि बाँडफाँड गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ता नागरिकका लागि बिक्री खुला गरेको थियो ।
    १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । माग भन्दाबढी आवेदन परेपछि न्यूनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।
    साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर पाउने छैनन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको जनाउँछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *