गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका एक सय ६६ जनामा कोरोना पुष्टि
काठमाडौं
पछिल्लो ४ दिनमा भारतबाट गौरिफन्टा नाका हुँदै नेपाल भित्रिएका मध्ये १६६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
शनिबारदेखि मंगलबारसम्म ३ दिनमा भारतका विभिन्न शहरबाट १ हजार ८ सय व्यक्तिको ‘एन्टिजेन’ विधिबाट कोरोना परिक्षण गर्दा १६६ जनामा संक्रमण पुस्टि भएको हो।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई धनगढीस्थित बेलीमा निर्माण गरिएको आइसोलेशनमा पठाइने गरिएपनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सोझै घर गइरहेका छन्।
त्यसरी सर्तकता नअपनाइनाले दोस्रो चरणको कोरोना भित्रिने प्रवल सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गरिन थालिएको छ।