संक्रमित बढेसँगै बाँके कोरोनाको उच्च जोखिममा


  • संक्रमित बढेसँगै बाँके कोरोनाको उच्च जोखिममा
  • नेपालगंज । बाँकेमा दिनहुँ कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न शहरबाट जमुनाह नाका हुँदै फर्किएका नेपालीहरुमा कोरोना पुष्टि भए पश्चात बाँकेमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ४३ पुगेको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ४६ महिला र ३९ पुरुष गरि थप ८५ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल प्रयोशालामा ५६ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा २१ जना, बागेश्वरी प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा ८ जना गरि ८५ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप १ जनाको मृत्यु भएको छ । कैलालीको लम्किचुहा-१ का ३७ वर्षीय पुरुषको उपचारका क्रममा नेपालगन्जको भेरी अस्पतालमा मृत्यु भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *