रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई ९ हजार १ सय जरिवाना
वुटवल ।
रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने एक जना ९ हजार १ सय जरिवाना तिरेर रिहा भएका छन् । चितवन राप्ती नगरपालिका–४ घर भइ सिद्धार्थनगर नगरपालिका–.४ बस्ने ३४ वर्षीय मोहन श्याम वली जरिवाना तिरेर रिहा भएका हुन् ।
जिल्ला जारी निधेषाधा पालना गराउन खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरी अधिकृत समेतको टोलीलाई उनले सोमबार भैरहवाको बुद्ध चोकमा डिउटीमा बाधा अबरोध पुराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
प्रहरीले वलीलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको थियो । १ महिना कैद वा ९ हजार १०० बराबरको जरिवाना अनुरुप वलील सो जरिवाना असुल उपर गरी छाडिएको थापाले बताए ।