काठमाडौंमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जना पक्राउ


  • काठमाडौंमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जना पक्राउ
  • काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् । बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ । बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए । कोभिड–१९ को दोस्रो संक्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ । महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *