कृषि मन्त्रालयद्वारा ४१ अर्ब बजेट माग
काठमाडौं ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँ बजेट माग गरी कार्यक्रम पठाएको छ । संघीय सरकारतर्फ ३२ अर्ब र ९ अर्ब प्रदेश र स्थानीय सरकारमा जाने गरी बजेट माग भएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए । यो चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई विनियोजन गरिएको भन्दा करिब ७ अर्ब बढी हो ।
मन्त्रालयले प्रत्येक गाउँपालिकामा गोल्ड चेम्बर बनाउने प्रस्ताव गरेको छ । यस्तै रैथाने बाली, प्रांगारिक मल, गोदाम घर बनाउन, प्रत्येक गाउँपालिकामा नर्सरी बनाउने गरी कार्यक्रम दिएको उनले बताए ।
सचिव कार्कीका अनुसार यी कार्यक्रम प्रदेश र स्थानीय तहबाट गर्ने किसिमले डिजाइन गरिएको हो । यस्तै कोभिड १९ को कारणले विदेशबाट फर्किएर आएकालाई कृषिमा आकर्षित गर्ने गरी कार्यक्रम तयार पारेको पनि उनले बताए । बाह्रखरी