हतियारधारी युवाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, इन्चार्ज घाइते
धरान ।
हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहितकाे युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् ।
‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूले एक्कासि आक्रमण गरेछन्, त्यहाँ कार्यरत असई साब घाइते भएर उपचारको लागि लगिएको भन्ने जानकारी प्राप्त भएको छ,’उनले भने ।आक्रमणमा संलग्नहरुकाे प्रहरीले व्यापक खाेजि गरिरहेकाे जनाएको छ ।