भेरी हस्पिटलको २ तलाबाट हाम फालेर डाक्टर र नर्सले ज्यान जोगाए
नेपालगंज ।
कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्न खोज्दा ज्यान जोगाउन भेरी अस्पताल नेपालगन्जका ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेका छन् ।
दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको थियो । स्वास्थ्यकर्मीहरुको भागाभाग भयो झण्डै ज्यान जाेगियाे डा.प्रकाश थापाले जानकारी दिए ।
डाक्टर थापाले भने , ‘स्थिति डरलाग्दो भयो , बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र भिजिटरहरुले स्वास्थ्यकर्मीहरुलाई लखेटे, घाँटी थिच्न थाले ज्यान जोगाउन एक डाक्टर र ३ जना नर्स अस्पतालको भवनबाट हाम फाले अवस्था डरलाग्दो भयो ।अस्पतालमा यस्तो अवस्था भएपछि अस्पतालमा उपचारत १ सय ७५ जना बिरामीको ज्यानसमेत जोखिममा रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।