चीनले अनुदानमा दिने १० लाख डोज खोप जुन पहिलो साता नेपाल आइपुग्ने


  • चीनले अनुदानमा दिने १० लाख डोज खोप जुन पहिलो साता नेपाल आइपुग्ने
  • काठमाडौं । चीन सरकारले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप आउँदो जुन पहिलो साता नेपाल आइपुग्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल पे्रस मिटमा बोल्दै जुन पहिलो साता खोप नेपाल ल्याइने जानकारी दिएका हुन् । तिब्बत नाका हुँदै मे महिनाको अन्तिमसम्म दुई लाख र जुन ३ तारिखमा आठ लाख डोज खोप ल्याइने मन्त्री ज्ञवालीले बताए । चीन सरकारले कोभिड–१९ विरुद्धको १० लाख डोज भेरोसोल खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *