स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर विरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता
काठमाडौं ।
भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।
रावतमाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको आरोप लागेको छ ।