सुदुरपश्चिम प्रदेशमा मन्त्री मण्डल गठन, चार मन्त्री नियुक्त


  • सुदुरपश्चिम प्रदेशमा मन्त्री मण्डल गठन, चार मन्त्री नियुक्त
  • धनगढी । सुदूरपश्चिम प्रदेशका चार मन्त्री नियुक्त भएका छन् भने दुई मन्त्रीले राजीनामा दिएका छन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का  र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एमालेबाट सरकारमा गएका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पनि राजीनामा दिएका छन् ।माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *