नक्कली स्यानीटाइजरसहित दुईजना पक्राउ
काठमाडौं ।
ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड विपरितको ह्याण्ड स्यानिटाइजर उत्पादकलाई पक्राउ गरेको बताइन् ।
ललितपुर महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली स्यानीटाइजर उत्पादन गर्नेलाई निगरानी बढाएको छ । इमाडोलमा नक्कली स्यानीटाइजर उत्पादन गर्ने उद्योग बन्द गरेको सातादिन नबित्दै आज महानगरीय प्रहरी परिसर ललितपुरले २ सय ४० लिटर नक्कली स्यानीटाइजरसहित दुईजनालाई पक्राउ गरेको छ ।
ललितपुर प्रहरी परिसरको टोलीले ओम निरमाया हेल्थ केयर प्राली ग्वार्कोले उत्पादन गरिरहेको ह्याण्ड स्यानीटाइजर कमसल बनाई बजारमा बिक्री वितरण गर्ने संचालक अमित ताम्राकार र निरेश थापामगरलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने कम असल र मापदण्ड विपरितको ह्याण्ड स्यानिटाइजर उत्पादकलाई पक्राउ गरेको बताइन् ।