कर्णाली सरकारमा सहभागी हुने दुई सांसदको नाम कांग्रेसले टुंगो लगायो


  • कर्णाली सरकारमा सहभागी हुने दुई सांसदको नाम कांग्रेसले टुंगो लगायो
  • काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना सांसदको नाम टुंगो लगाएको छ । संसदीय दलको शनिबार बसेको बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सांसद बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकिएको जानकारी दिए । सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ ।यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *