प्रहरीमा एउटै पदमा पाँच बर्ष वसे अवकाशको समयमा एक तह बढुवा गरिने नियम वन्दै
काठमाडौं ।
पछिल्लो पदमा कम्तीमा पाँच वर्षसम्म बहाल रहेका नेपाल प्रहरीका कर्मचारीले अवकाश पाउने वेला एक तह बढुवाको व्यवस्था नियमावलीमा गर्न लागिएको छ । अहिले अनिवार्य अवकाशको वेलासम्म पछिल्लो पदमा काम गरेको १२ वर्ष भएमा अवकाशअघि एक तह बढुवा दिने गरिएको छ । जुन सुविधा डिएसपीसम्मका कर्मचारीले मात्रै पाउँछन् ।
सशस्त्रमा भने पछिल्लो पदमा पाँच वर्ष मात्र पुगेको अवस्थामा पनि अवकाशअघि एक तह बढुवा पाउँछन् । एसपीसम्मका कर्मचारीले यस्तो सुविधा पाउने गरेका छन् । नियमावली संशोधन भए नेपाल प्रहरीले पनि अवकाशको समयको पदमा कम्तीमा पाँच वर्ष पदावधि पुगेमा एक तह बढुवाको सुविधा पाउनेछन् । जुन सुविधा एसएसपीसम्मका कर्मचारीले पाउनेछन् ।