गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जिम्मेवारी बाँडफाँड गर्न बाँकी


  • गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, जिम्मेवारी बाँडफाँड गर्न बाँकी
  • कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गाेपनियताको सपथ लिएका छन् । पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट कुमार खड्का, नेकपा माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरीशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ मन्त्री नियुक्त भएका छन् ।
    पोखरेलले मन्त्रिपरिषद विस्तार गरे पनि जिम्मेवारी भने तोकेका छैनन् । सबै मन्त्रीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । मुख्यमन्त्रीका लागि सहयोग गर्ने सबै राजनीतिक दलसँग सल्लाह गरेर मात्र मन्त्रीहरुको जिम्मेवारी तोक्ने मुख्यमन्त्री पोखरेलको योजना रहेको छ । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *