दुखमा राजनिति गरेको भन्दै मेलम्चीबासिद्धारा अनेरास्ववियुको राहत अस्वीकार


  • दुखमा राजनिति गरेको भन्दै मेलम्चीबासिद्धारा अनेरास्ववियुको राहत अस्वीकार
  • काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर सिन्धुपाल्चोकको मेलम्चीमा राहत वितरण गर्न थालेपछि स्थानीयबाँसीले लखेटेका छन् । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि केही समय  झडप समेत भएको थियोे । दुखत समयमा राजनीति गर्न खाेजेकाे भन्दै  स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।
    मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका लागि  व्यानर सहित पुगेका उनीहरू र स्थानीयबासी विच अवस्था असामान्य हुन थालेपछि  प्रहरीले हस्तक्षेप गरेको थियो । अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *