ओली सरकारमा सहभागी सबै मन्त्री पार्टी सदस्यसमेत नरहने गरी जसपाबाट निष्कासित


  • ओली सरकारमा सहभागी सबै मन्त्री पार्टी सदस्यसमेत नरहने गरी जसपाबाट निष्कासित
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव नेतृत्वको पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट जनाएकाे हाे । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।
    यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *