आइजिपीका ब्याजी चौधरी एसएसपीबाट अवकाश पाउदै
काठमाडौं ।
बिहीबारदेखि अवकाश पाउन लागेका नेपाल प्रहरीका एसएसपी दिलिप चौधरीले आफुमाथि अन्याय भएको बताएका छन् ।
लागू औषध नियन्त्रण ब्यूरोमा कार्यरत एसएसपी चौधरीले बुधबार आयोजित पत्रकार सम्मेलनमा बढुवामा आफुलाई राजनीतिक आस्थाका आधारमा अन्याय गरिएको बताए।
एसएसपी चौधरीले उमेरहदका कारण अवकाश पाउन लागेका हुन् । डिआइजीमा बढुवा भएको भए उनले ३० वर्ष नै सेवा गर्न पाउथे । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।
एसपी बढुवामा आफ्नो ब्याचमा उनी पहिलो नम्बरमा परेका थिए । ब्याची आइजिपी हुँदा उनी एसएसपीबाटै अवकाश पाउन लागेका छन् ।