बंगलादेशी र नेपाली चढेको डुंगा दुर्घटना, १० जना वेपत्ता ४ जनाको सकुसल उद्धार


  • बंगलादेशी र नेपाली चढेको डुंगा दुर्घटना, १० जना वेपत्ता ४ जनाको सकुसल उद्धार
  • काठमाडौं । क्यारेबियन सागरको कोलम्बियाकिनारामा लुकिछिपि अमेरिका जादै गरेका बंगलादेशी र केही नेपाली आप्रवासी चढेको डुंगा समुन्द्रमा दुर्घटना हुदा १० जना बंगलादेशी हराइरहेकाे र ४ जनाकाे उद्धार गरिएको खबरहरु सार्वजनिक भएका छन् । ४ जना बंगलादेशी आप्रवासी नागरिक क्यारिबियन सागरको नजिकै कोलम्बिया अन्तर्गत प्रुटो इस्कन्डिडो नजिक डुंगामा डुब्दै गर्दा उद्धार गरिएका छन् । घटना गएको मंगलबारकाे भएको बुझिएको छ ।उक्त डुंगामा सवार यकिन कति जना बेपत्ता छन् तथ्य विवरणहरु प्राप्त भएका छैनन् । १० जनाभन्दा बढी बंगलादेशीआप्रवासीहरु अहिले पनि हराइरहेका संचारमाध्यमले जनाएका छन् । स्थानीय संचार माध्यमकाअनुसार एकजना नेपाली नागरिक त्यही नजिकै बाट उद्धार गरिएका छन् । उनीहरू अवैध बाटो हुदै अमेरिका जाने तयारीमा थिए ।त्यहाँका एजेन्टले बंगलादेशी र नेपाली नागरिकलाई पानामा तर्फ लैजान डुंगामा यात्रा गराउदै थिए ।त्यो डुंगामा कम्तीमा १८ जना आप्रवासीहरु थिए , जहाँ बाँकी व्यक्तिहरु कहाँ गए भन्ने पत्ता लागेको छैन। जुन २२ को रातमा, एक माछा मार्ने व्यक्तिहरुको समुहले ४ जना बंगलादेशी हरुलाई प्रुटो इस्कन्डिडो को पानीमा भेटेको थियो । त्यसको केही समयपछि माछा मार्ने अर्को समुहले एकजना नेपाली नागरिकलाई फ्रुटो द्धिपको कार्टजेना क्षेत्रको साँघुरो भागमा फेला पारेको थियो । उक्त यात्रामा कम्तीमा आठ जना नेपाली हराइरहेकाे भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएका छन् ।ती नेपालीहरु पश्चिम नेपालकाे दाङ जिल्लाका हुन सक्ने अनुमान गरिएको छ ।यद्यपि यसको आधिकारिक पुष्टि र विवरणहरु भने कत‌ै बाट अहिलेसम्म सार्वजनिक भएका छैनन् । कोलम्बिया क्याराकोल टेलिभिजनका अनुसार त्यो डुंगा कोलम्बियाको नेकोली देखि पानामा जाँदा दुर्घटना भएको थियो । कोलम्बिया संचारमाध्यमको चित्रमा देखाइएका ४ जना बंगलादेशी आप्रवासीमध्ये ३ जनाको अहिले सम्म परिचय खुलेको छैन । उद्धार गरिएका बंगलादेशी आप्रवासीहरु कोलम्बिया अध्यागमन विभागको हिरासतमा छन् ।तर अहिले उनीहरु सान जेरोनिमो डे मोन्टेरिया अस्पतालमा छन् । उक्त अध्यागमन निकायका अनुसार उनीहरु अवस्था ज्यादै नाजुक छ र तिनीहरु ताप, हाईपोथर्मिया र कुपोषणबाट पिडित छन् । उनीहरु मध्ये एक गम्भीर अवस्थामा रहेका छन् । प्रुटो इस्कन्डिडोका मेयरका अनुसार किन की उनीहरु धेरै समय त्यहाँ रहेका थिए । तिनीहरुको शरीरमा पानीको कमी छ भन्ने संकेत देखिन्छ साथै अवस्था गम्भीर रहेको छ । कोष्ट गार्डका स्टेशनकाकमान्डर क्याप्टेन लुज पेरेला गोन्जाल बेज सिल्भाका अनुसार स्थानीय संचार माध्यमले भन्यो कि डुंगा दुर्घटना भएपश्चात डुवेको थियो भने उद्धार गरिएका व्यक्तिहरुले भनेका छन् । तर तथ्यभने अझै निश्चित भइसकेको छैन । किन कि उनीहरुको भनाई के भएको थियो भनि स्पष्ट रुपमा आएको छैन । उद्धार गरिएका आप्रवासीहरुसँग पासपोर्ट तथा अन्य कागजातहरु नभएकोले स्पष्ट रुपमा पहिचान गर्न सकिएको छैन । प्रुटो इस्कन्डिडो नगरपालिकाका प्रतिनिधिका अनुसार । तर भाषा अनुवादकले भनेका छन् कि आप्रवासीहरु एशियनमुलकाहुन् विशेष गरी बंगलादेशीहुन् जसले निकोली जानका लागि पानामा छोडेका हुन् । यस बाटोको गन्तब्य उर्बा एन्टिक्वा क्षेत्रको आप्रवासी रुट हो जसबाट पनामाको डारियन जंगल हुँदै अमेरिका पुगिन्छ । कोलम्बियाको जलसेनाले भनेको छ कि तिन वटा कोस्ट रक्षक युनिट सँगै माछा मार्ने समुहले बाँकी हराइरहेकाहरुको समेत खोजी गरिरहेको छ । द डेली स्टार न्युजका अनुसार हराएका मध्ये १ जनाको बंगलादेशीको उनको परिवारद्धारा पहिचान खुलेको छ । उनी नोखालीका सोनाईमुरी उप जिल्ला अन्तर्गत अमाश्यापाराका शिखदिदार हुन्, । सँगै अर्का हराएका व्यक्ति सोही उपजिल्ला अन्तर्गत शिवपुरका हुन् तर नाम भने खुलेको छैन।१४ जनाबंगलादेशी कोलम्बियाको एक होटेलमा केही समय बसेका थिए । होटेल छोड्नु भन्दा पहिले १३ बंगलादेशीले फोटो खिचेका थिए । जसमा अर्को फोटोमा नभएको व्यक्तिले फोटो खिच्न सहयोग गरेका थिए होला।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *