प्रहरीमा तीन एसएसपीको दरबन्दी खाली, आकांक्षी धेरै


  • प्रहरीमा तीन एसएसपीको दरबन्दी खाली, आकांक्षी धेरै
  • काठमाडौं । बिहीबारदेखि नेपाल प्रहरीमा एसएसपीका तीन दरबन्दी रिक्त भएका छन् । तीन एसएसपीले ३० वर्षे सेवाअवधि नै पूरा नगरी उमेहदका कारण अवकाश पाएका हुन् ।
    बिहीबार एसएसपी दिलिप चौधरीले अवकाश पाए । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । आफुलाई डिआइजी बढुवामा अन्याय भएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गुनासो गरे । चौधरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । एसपी बढुवा हुँदा पहिलो नम्बरमा भएकाले उनी प्रहरी नेतृत्वका दाबेदारमध्ये एक मानिएका थिए । तर, कालान्तरमा उनले एसएसपीबाटै अवकाश पाए । जबकी उनीभन्दा जुनियर ब्याचका एआइजी भइसकेका छन् । त्यस्तै महानिरीक्षक क्षेत्रीकै ब्याचका एसएसपीद्वय किशोर कुमार दाहाल र देवबहादुर बोगटीले पनि गत महिना अवकाश पाएका छन् । जसअनुसार नेपाल प्रहरीका एसएसपीका तीन पद रिक्त भएका छन् । प्रहरी प्रधान कार्यालयले असारभित्रै रिक्त पदमा बढुवाको तयारी गरेको छ । एआइजीको समेत एक दरबन्दी थप भएकाले एसएसपीको चार पद रिक्त हुने सम्भावना छ । जसमा गत पुसको बढुवामा छुटेका एसपीहरु नै बढुवाको प्रतिस्पर्धामा छन् । जसमा विकासराज खनाल, भोला रावल, सुदीप राज भण्डारी, योगबहादुर पाल, टिकाबहाुदर केसी लगायत छन् । उनीहरुमध्ये केही पटक पटक कारबाही भोगेका एसपी छन् । असारमा बढुवा सिफारिस नभए नयाँ कार्यसम्पादन मूल्याङकन गर्नुपर्ने भएकाले कात्तिकमा मात्र बढुवा हुन्छ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *