तालिबानसंगको भिडन्तपछि अफगानि सैनिकहरु ताजिकिस्तानतर्फ भागे
काठमाडौं ।
अफगानिस्तानका एक हजारभन्दा बढी सैनिकहरू तालिबान उग्रवादीहरूसँगको भिडन्तपछि भागेर छिमेकको ताजिकिस्तानतर्फ गएका अधिकारीहरूले बताएका छन्। ताजिकिस्तानको सीमा सुरक्षा सैन्यले जारी गरेको एक विज्ञप्तिका अनुसार ती अफगान सैनिकहरू आफ्नो ज्यान जोगाउनू भागेर सीमापार पुगेका हुन्।
अफगानिस्तानमा हिंसा चर्किएको छ र हालैका दिनमा तालिबानहरूले देशको उत्तरी भेगमा कब्जा गर्ने कार्यमा उल्लेख्य उपलब्धि हासिल गरिरहेको बताइएको छ।बीस वर्षपछि अमेरिका, यूके र गठबन्धन सैन्य त्यहाँबाट फिर्ता जान थाल्दा भिडन्तहरूमा वृद्धि भएको देखिएको छ।
आगामी सेप्टेम्बर महिनाकोलागि निर्धारित सैन्य फिर्तीको समयअगावै ठूलो सङ्ख्यामा अफगानिस्तानमा बाँकी रहेका विदेशी सैनिकहरू बाहिरिसकेका छन्।अफगान सैनिकहरू भागेर ताजिकिस्तान पुगेका गत तीन दिनमा यो समेत तेस्रो घटना हो भने दुई हप्तामा पाँचौँ । जम्माजम्मी १,६०० अफगान सैनिकहरू त्यसरी भागेर ताजिकिस्तान पुगिसकेका छन्।BBC