इङ्ल्याण्डलाई हराउँदै युरोकपको उपाधि इटलीले जित्यो


  • इङ्ल्याण्डलाई हराउँदै युरोकपको उपाधि इटलीले जित्यो
  • काठमाडौं । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । तर अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् । इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो । युरोपको फाइनलमा इङ्गल्यान्डले स्थान बनाएको यो पहिलो पटक थियो । १९६६ को विश्वकपपछि इङ्गल्यान्ड कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक भएको र यो अवसरलाई सदुपयोग गर्दै च्याम्पियन बन्ने उसको सपना भएपछि चकनाचुर बन्न पुगेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *