दाङमा कार्यरत तीन जना घुमुवा प्रहरी निलम्बनमा परेका छन्। इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी जवान तिलक केसी र मानबहादुर विक मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि निलम्बनमा परेका हुन्।
त्यस्तै, अस्थायी प्रहरी पोष्ट कालेकाँटेमा कार्यरत प्रहरी जवान नरेन्द्र पुन लागूऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि निलम्बनमा परेको एक प्रहरी अधिकारीले बताए।
प्रहरी स्रोतकाअनुसार केसी र विकलाई झन्डै १० दिनदेखि पहिला र पुनलाई करिब ३÷४ दिन पहिला पक्राउपछि जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा राखेर अनुसन्धान भइरहेको छ।
संगठनको आचरणविपरीत मोटरसाइकल चोरी र लागूऔषध कारोबारीसँग मिलेमतो देखिएपछि तीन जना घुमुवा प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको ती प्रहरी अधिकारील जानकारी दिए।
अपराधिक कार्यमा संलग्न घुमुवा प्रहरी निलम्बित
दाङ ।