सवारी साधनमा भाडा बढाउने ओली सरकारकै निर्णय
काठमाडौं ।
यातायातको वृद्धि गरेको भाडादर कार्यन्वयनमा आउने भएको छ ।पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै उक्त सरकारले सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियोे ।
यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन अनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडादर बढाइएको हो ।
विभागका अधिकारीका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय भएको थियो । तर सरकार परिवर्तन भएकाले निर्णय बुधबार मात्रै सार्वजनिक गरिएको हो ।सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ । तर कतिपयले शेर बहादुर देउवाले सरकारले भाडा बढाएको भन्दै प्रचारप्रसार गरिएको छ । उक्ति प्रचारप्रसारलाई यातायात व्यवस्था विभागले खण्डन गरेको छ ।