ओलीलाई रिहाइ गर्न सर्वोच्चको आदेश


  • ओलीलाई रिहाइ गर्न सर्वोच्चको आदेश
  • काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओलीलाई रिहाइ गर्न आदेश दिएको छ ।लामाे समय देखि जेलमा रहेका ओलीलाई रिहाइ गर्न सर्वोच्चले आज आदेश दिएको हो ।सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो । सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो । ओली केही दिन अघि हृदयघात भइ उपचाररत छन् । केपी ओली प्रधानमन्त्री हुदा प्रतिबन्धित विप्लव नेकपा र सरकार बिच हिरासत र जेलमा रहेका सबै नेता कार्यकर्ता विना सर्त रिहाइ गर्नुपर्ने ,मुद्दाहरु फिर्ता गर्नुपर्ने विप्लवकाे मुख्य वार्ता थियोे ।तर अहिलेसम्म नेता तथा कार्यकर्ताहरु हिरासत तथा जेलमा रहेका छन ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *