कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ


  • कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ
  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र उनका ज्वाइँ शिबनन्दन यादव छन् । शिबनन्दन भने भारतीय नागरिक रहेको र यस बिषयमा थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । शिबनन्दन आफ्नो छोरा भएको भन्दै देबनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै बिहीबार जिल्ला प्रशासन कार्यालय आएका थिए । त्यहीं बेला वडाबाट कसैले फोन गरेर यी दुबै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएका थिए । प्रशासकीय अधिकृतको टेबुलमा यो फायल आएकै समयमा यस्तो जानकारी आएपछि कार्यालयले वडा अध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उनले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएका थिए । ‘उनले गर्दै आएको हस्ताक्षर मिलेको देखिएन्’ प्रशासकीय अधिकृत किशोर रामले भने, “लगत्तै प्रहरी बोलाएर दुबैलाई पक्राउ गर्न लगाएका छौं ।” यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *