लुम्बिनीका मुख्यमन्त्री नैतिक संकटमा, बजेट पास समेत अन्यौलमा


  • लुम्बिनीका मुख्यमन्त्री नैतिक संकटमा, बजेट पास  समेत अन्यौलमा
  • वुटवल । लुम्बिनी प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट लगभग पारित नहुने भएको छ । बजेट पारित नहुने भएपछि मुख्यमन्त्री शंकर पोखरेल नैतिक संकटमा पर्ने भएका छन् ।
    लामो समयदेखि मुख्यमन्त्री अल्पमतमा रहेको बताउँदै आएको विपक्षी गठबन्धनले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् । आजकाे प्रदेश सभा बैठकमा मन्त्रीहरुले जवाफ दिनेक्रम सकियो भने आजै निर्णयार्थ बजेट पेस हुनेछ । विपक्षी गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् ।
    ८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा ४१ जना प्रदेशसभा सदस्य छन् । त्यसमा पनि ३ जना महन्थ ठाकुर समूहको जसपाका हुन् । विपक्षसँग भने सभामुखसहित ४२ सदस्य संख्या छ । सत्ता पक्षले लामो समयदेखि सहमतिमै बजेट पारित गर्ने प्रयास गरेको थियो । तर, अन्त्यमा विपक्षीले विपक्षमा मतदान गर्ने भएपछि सत्तापक्षको प्रयास खेर गएको हो । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *