सचिवका दुई पदमा चार सहसचिवको सिफारिस


  • सचिवका दुई पदमा चार सहसचिवको सिफारिस
  • काठमाडौं ।  निजामती प्रशासनमा सचिवका दुई पदमा चार सहसचिवको सिफारिस भएको छ । वरिष्ठताका आधारमा सहसचिव किरण राज शर्माको सिफारिस भएको छ भने अर्काे पदमा तीन सहसचिवको सिफारिस भएको छ ।
    शुक्रबार बसेको बढुवा सिफारिस समितिले रामप्रसाद घिमिरे, हरी कुमार मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अर्थ मन्त्रालयमा कार्यरत छन् भने मैनाली श्रम, रोजगार तथा रोजगार र शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी अध्यक्षतामा बसेको बैठकले सिफारिसको निर्णय गरेको हो । आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवाको निर्णय गर्नेछ । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *