कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य


  • कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य
  • काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । उहाँका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताउनुभयो । साथै उहाँले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभएको छ । कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन शुरु गर्ने उहाँले बताउनुभयो । ‘अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउछ भन्ने होइन । हामी उमेर समूहकै आधारमा जान्छौं,’ उहाँले भन्नुभयो, ‘अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो ।’ उहाँले ५० वर्षभन्दा माथिका नागरिकले गएको हप्तामा खोप पाएको बताउनुभयो । ‘क्रमशः उमेर समूह झर्दै जान्छ । अब खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिकलाई दिन्छ,’ उहाँले भन्नुभयो । तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहाँ नहुने उहाँले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *