सवै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत


  • सवै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत
  • काठमाडौं । सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । बैठकपछि सरकारका प्रवक्ता कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी,  सेना,  प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।’ तत्कालीन केपी ओली सरकारले अध्यादेशबाट बजेट ल्याउँदा चालु आर्थिक वर्षदेखि कर्मचारीको २ हजार तलब बढाउने निर्णय गरेको थियो । जसलाई मन्त्रिपरिषद्ले स्वीकृत गर्नु पर्ने भएकाले आजको बैठकले आवश्यक निर्णय गरेको हो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *