काठमाडौं ।
नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले तीन महिना पछि सारेकाे पाटीकाे महाधिवेशन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो । पार्टी विधान र संविधानअनुसार महाधिवेशन गर्नुपर्ने समय कांग्रेसले गुजारिसकेको छ ।
विस्तृत नेपाली काँग्रेस १४ औं महाधिवेशन कार्यतालिका यस्तो छ ।
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२ गते
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२ गते
३. वडा अधिबेशन : २०७८/५ / १८गते
४. गाउँ/नगर पालिका: २०७८/ ५/२७ गते
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१ गते
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५ गते
७. जिल्ला : २०७८/६/१०गते
८. प्रदेश: २०७८/७/१० देखि १२ गते
९. केन्द्रीय : २०७८/८/ ९देखि १३गते