संसदको चालु अधिवेशन अन्त्य


  • संसदको चालु अधिवेशन अन्त्य
  • काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार सोमबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। सरकारले बिजनेस नदिएर संसदललाई बिजनेसविहीन बनाएको थियो। सरकारले सदनलाई बिजनेसविहीन बनाएको भन्दै सांसदहरूले संसद्मा बारम्बार ध्यानाकर्षण गराइरहेका थिए। सरकार गठन भएको एक महिना बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *