त्रिशुली नदी किनारमा बालकको शव भेटियो


  • त्रिशुली नदी किनारमा बालकको शव भेटियो
  • काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–८ बर्खेघाट स्थित त्रिशुली नदी किनारमा बालकको शव भेटिएको छ । माछा मार्न गएका स्थानीयले बिहीवार दिउँसो करीब चार बजे शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । खबर लगतै प्रहरी चौकी घ्याल्चोकबाट टोली घटनास्थ्ल पुगेको थियो । पहेलोमा कालो धर्का भएको सुरुवाल र कालो गन्जीमा सेतो लोगो भएको टिसर्ट लगाएको उक्त बालकको नाम,थर र वतन हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘दुई÷तीन दिन अघिको शव जस्तो देखिन्छ, त्यसैले अनुहार पनि स्पष्टसँग नचिनिने छ,’ डिएसपी प्रकाश दाहालले भने, ‘वरपरका स्थानीयसँग बुझ्दा आसपास कुनै पनि बालक हराएको जानकारी नभएकाले त्यो एरियाको नभएको बताएका छन् ।’ सनाखतका लागि जिल्लाका विभिन्‍न स्थानहरुमा आफन्तको खोजी कार्य जारी रहेको उनले बताए ।घटनाको अनुसन्धानका लागी प्रहरी अधिकृत सहितको टोली समेत खटाइसकेका छौ,’ डिएसपी दाहालले भने ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *