अफगानिस्तानबाट सात सय ७० नेपाली स्वदेश फर्किए


  • अफगानिस्तानबाट सात सय ७० नेपाली स्वदेश फर्किए
  • काठमाडौं । अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि आज मङ्गलवारसम्म सात सय ७० जना नेपाली स्वदेश आइपुगेका छन् । आज एक सय १२ जनासहित अहिलेसम्म सात सय ७० जना नेपाली अफगानिस्तानबाट स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । अफगानिस्तानबाट उद्धार भइ दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनका लागि समन्वय भइरहेको र काबुलमा भने नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण अहिलेसम्म नखुलेकोले त्यहाँ जहाज पठाउन नसकिएको मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ अनलाइन पोर्टलमा रहेको नामसहितको विवरण दर्ता गर्न विभागले भनेकाे छ । यसका लागि भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (सिचुएशन रुम, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन मन्त्रालयले अनुरोध गरेकाे छ । नाम टिपाएकामध्ये उद्धार भइ सुरक्षित गन्तव्यमा पुगेपछि त्यसकाे जानकारी माथि उल्लेखित फोन नम्बरहरू, ह्वाट्सएप, भाइबर वा अनलाइन पोर्टलबाट दिन अनुरोध गरिएकाे छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *