प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखत आज हुदै


  • प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखत आज हुदै
  • काठमाडौं। निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरूको सनाखतका लागि आजको समय तोकेको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद/केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्ने हुन्छ । शरीर उपस्थित भएर सनाखत गर्नुपर्ने आयोगले जनाएको छ । प्रस्तावित उक्त पार्टीका नेताहरू मंगलबार पनि काठमाडौंको चन्द्रागिरिमा बसे । उनीहरू भेलाको लागि सोमबारै त्यहाँ गएका थिए । नेता प्रेम आलेका अनुसार आज त्यतैबाट निर्वाचन आयोग जाने तयारी गरिएको छ । नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएको माधवकुमार नेपाल पक्षलाई आयोगले सनाखतका लागि बोलाएको हो ।बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *