एमालेले कारवाही गरेका १४ सांसदको पद यथावत रहने


  • एमालेले कारवाही गरेका १४ सांसदको पद यथावत रहने
  • काठमाडौं । सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका १४ सांसदको पद नजाने बताएका छन् । निर्वाचन आयोगले एमालेका १४ सांसद नयाँ गठित पार्टीमा रहेको जानकारी संसदलाई गराइसकेको खण्डमा १४ सांसदको पद यथावत रहेको सभामुख सापकोटाले जानकारी दिएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुखबाट कारवाहीको लागि सिफारिस गरिएका १४ सांसद नयाँ दर्ता भएको पार्टी एकीकृत समाजवादीमा प्रवेश गरेको भन्दै राजनीतिक दलसम्बन्धी ऐन तथा अन्य कुनै कानून अनुसार कारवाही गर्नुपर्ने नदेखिएको निर्णय भएको जनाएको छ ।
    साउन २५ मा बसेको एमाले स्थायी कमिटीको बैठकले १४ सांसदलाई कारवाही गर्ने निर्णय गरेको थियो भने भदौ १ गते संसद सचिवालयमा कारवाही गर्नका लागि निवेदन दिएको थियो । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *