विश्वकप छनोटमा क्रोएसिया, रुस र स्लोभेनिया विजयी


  • विश्वकप छनोटमा क्रोएसिया, रुस र स्लोभेनिया विजयी
  • पेरिस- विश्वकप छनोट अन्तर्गत युरोपेली प्रतियोगिताको समुह एच मा गए राति क्रोएसिया,रुस र स्लोणेनियाले जित हासिल गरेका छन ।
    क्रोएसियाले समय सकिन चार मिनेट बाँकी रहँदा मार्को ब्रोजोभिचले गरेको गोलबाट स्लोभाकिया भ्रमणमा १-० को जित निकाल्दा रुसले साइप्रसलाई २-०, तथा स्लोभेनियाले माल्टालाई १-० को नतिजामा निराश पारे । रुसले साइप्रस भ्रमणमा २-० को जित निकाल्दा एलेक्जेन्डर येरोखिन र रिफात झेमालेट्डिनोभले गोल गरे । यसैगरी स्लोभेनियालाई घरेलु मैदानमा जित दिलाउन सान्डी लोभरिचले मध्यान्तर हुनै लाग्दा प्राप्त पेनाल्टीमा गोल गरे । गएरातिका नतिजापछि पाँच खेलको समाप्तीमा १० अंक जोड्दै रुस र क्रोएसिया समूहको शीर्ष दुई स्थानमा छन् । सात अंक जोडेको स्लोभेनिया तेस्रो स्थानमा रहँदा ६ अंकमा सिमित स्लोभाकिया चौथो स्थानमा छ । समान चार अंक बटुलेका माल्टा र साइप्रस पुछारका दुई स्थानमा सिमित छन् । खेलाडिवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *