अज्ञात समूहद्वारा एकै परिवारका ६ जनाको हत्या


  • अज्ञात समूहद्वारा एकै परिवारका ६ जनाको हत्या
  • संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१, खोला गाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । स्थानीय तेजबहादुर कार्कीको परिवारमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी बताए। सोमबार बिहान मात्र छिमेकीले सबैलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिए। ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको ओझाले बताए । घटनाको थप विवरण बुझ्नका लागि डीएसपी सुवेदीसहितको प्रहरी टोली घटनास्थलतर्फ लागेको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ६ घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *