इङ्ल्यान्डलाई १५७ रनले हराउदै भारतको जीत


  • इङ्ल्यान्डलाई १५७ रनले हराउदै भारतको जीत
  • काठमाडौं । पहिलो इनिङ्समा खराब प्रदर्शन गरेपनि दोस्रो इनिङ्समा उत्कृष्ट प्रदर्शन गरेपछि भारतले चौथो टेस्टमा इङ्ल्यान्डलाई १५७ रनले हराएको छ । दोस्रो इनिङ्समा ४६६ रन बनाएपछि इङ्ल्यान्डले जितका लागि ३६८ रनको लक्ष्य पाएको थियो । अघिल्लो दिन इङ्ल्यान्डले विना विकेट क्षति ७७ रन बनाएको थियो । त्यसैले अन्तिम दिन इङ्ल्यान्डलाई जितका लागि २९१ रनको आवश्यकता थियो । तर, घरेलु टोली इङ्ल्यान्डले १५७ रन बनाउँदा सबै विकेट गुमायो । जितसँगै भारतले पाँच खेलको टेस्ट शृंखलामा २–१ को अग्रता लिएको छ । भारतले दोस्रो टेस्टमा पनि १५१ रनको विजय हासिल गरेको थियो । तर तेस्रो टेस्टमा इङ्ल्यान्डले भारतलाई एक इनिङ्स र ७६ रनले हराएको थियो । इङ्ल्यान्डका ओपनरद्वय रोरी बर्नसले ५० र हसीब हमीदले ६३ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । अन्तिम दिन थाल्दा बर्नस ३१ र हमीद ४३ रनको स्थितिमा थिए ।
    कप्तान जो रुटले ३६, क्रिस वक्सले १८ तथा क्राइग ओभरटन र ओली रोबिन्सनले समान १० बनाए । भारतका उमेशकुमार यादवले तीन लिँदा जासप्रित बुमराह, रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान दुई विकेट लिए । दोस्रो इनिङ्समा भारतका ओपनर रोहित शर्माले १२७ रन बनाएका थिए । भारतबाहिर रोहितको यो पहिलो टेस्ट शतक थियो । रोहित म्यान अफ दी म्याच घोषित भए । चेतेश्वर पुजरा ६१, केएल राहुल ४६, विराट कोहलीले ४४, रिसभ पन्तले ५०, शार्दुलले ६०, उमेशकुमारले २५ र बुमराहले २४ रन बनाएका थिए । पहिलो इनिङ्समा भने भारत १९१ रनमा अलआउट भएको थियो । पहिलो इनिङ्समा इङ्ल्यान्डले २९० रन बनाएको थियोो। बाह्रखरी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *