राष्ट्रियसभामाको दोस्रो बैठक २५ गते बस्ने


  • राष्ट्रियसभामाको दोस्रो बैठक २५ गते बस्ने
  • काठमाडौं । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ । प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् । पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो । दोस्रो बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही भदौ २५ गते दिनको १ बजे बस्ने गरी आजको बैठक स्थगन गरे ।
    आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ सदनसमक्ष पेश गर्ने कार्यसूची थियो । सदन नभएका बेला जारी भएको अध्यादेश सदन खुलेपछि पहिलो बैठकमा पेश गर्ने परम्परा छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *