सभामुखद्वारा सर्वदलीय बैठक आह्वान


  • सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
  • काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभा बैठकमा जारी अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । गृहमन्त्री वालकृष्ण खाणका अनुसार भोलि (सोमबार) दिउँसो २ः३० बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइएको छ । सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से भवनमा बस्ने जनाइएको छ। गत बुधबारदेखि सुरु भएको प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गका बैठकहरुमा एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
    गत बुधबार एमालेका सांसदहरुको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने ल्याएको अध्यादेश पेस भएको थियो। यस्तै, शुक्रबारको बैठकमा बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएका थिए भने अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक पेस गरेका थिए। आइतबार बसेको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेपनि एमाले सांसदहरुको नाराबाजीका कारण सम्भव भएन। प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ। दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *