नेपाल टि २० विश्वकपमा पुग्न युएई सँग खेल्दै


  • नेपाल टि २० विश्वकपमा  पुग्न युएई सँग खेल्दै
  • काठमाडौं । नेपालले आइसिसी टि २० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा आज युनाइटेड अरव इमिरेट्स(युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा–१ मा हुनेछ ।
    नेपालले युएईलाई हराए आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछ । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा छ । युएई पनि नेपाललाई हराउँदै विश्वकपमा पुग्न चाहन्छ । नेपालको कप्तानी सन्दीप लामिछाने र युएईको अहमद राजाले गर्नेछन् । पहिलो सेमिफाइनलमा दुई बलिया टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ । दोस्रो सेमिफाइनलमा ओमान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् । आयरल्यान्ड समूह ए को विजेता र ओमान समूह बी को उपविजेता हुन् । नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली हो ।
    नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्यो । यता युएईले टेस्ट टोली आयरल्यान्डलाई १८ रनले स्तब्ध पार्दै सेमिफाइनल सम्भावना बलियो बनाएको थियो । जमर्नीलाई २४ रनले हराँदा बहराइनसँग २ रनले स्तब्ध हुँदै नेटरनरेटको कारण सेमिफाइनलमा पुगेको हो । बहराइनसँगको हारले युएई सचेत छ । नेपालको दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कमलसिंह ऐरी प्रमुख हतियार हुन् । रोहन मुस्तफा, चिराग सुरी र वृत्य अरविन्द युएईका प्रमुख खेलाडी हुन् । हाम्रो खेलकुदबट  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *