इन्चार्ज बमको ठुलो सफलता, पेस्तोल र ९० ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ


  • इन्चार्ज बमको ठुलो सफलता, पेस्तोल र ९० ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ
  • बाँके।
    बाँके प्रहरीले अत्याधुनिक स्वचालित पेस्तोल र ठुलो परिमाणमा  ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
    खजुरा गाउँपालिका १ स्थित प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा खटिएको टोलीले आइतबार दिउँसो ३ बजे ९० ग्राम  ब्राउन सुगर, एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जना युवकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बमको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका १ बहादुरपुर  स्थित २५ बर्षीय रबिन्द्र थापाको घरबाट सेतो प्लास्टिकमा बेरिएर राखिएको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाईराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका रबिन्द्र थापा, खजुरा २ का २७ बर्षीय मनिष थापा र नेपालगन्ज १३ का २८ बर्षीय सुरेश रोका मगरलाई पक्राउ छ । बाँके प्रहरीले पक्राउ परेका तीनै जनाले ब्राउन सुगर समेत सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ । खरो स्वभावका प्रहरी नायब निरीक्षक बमले आफुले समाजमा शान्ति सुरक्षा कायम गर्न कोही कसैसंग कुनै सम्झौता नगर्ने बताएका छन् । पक्राउ परेका तीनै जना लागूऔषध कारोबारी समेत हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ । उनीहरुलाई लागूऔषध र हातहतियार तथा खरखजाना ऐन अन्तर्गत् अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *