सुनको मूल्य हालसम्मकै उच्च


  • सुनको मूल्य हालसम्मकै उच्च
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो ।
    महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको प्रतितोला १ लाख ५ हजार पुगेको छ । यसैगरी बुधबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
    मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै असली चाँदी १२०९ रूपैयाँमा कारोबार भएको थियो । रुस र युक्रनबीच जारी युद्धका कारण विश्व बजार प्रभावित भएको छ । उक्त प्रभाव नेपालमा समेत परेको छ । अहिले डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको मूल्य बढ्दो छ ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *