जसपा केन्द्रीय समितिको बैठक बस्दै


  • जसपा केन्द्रीय समितिको बैठक बस्दै
  • काठमाडौं । जसपा समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बैठक जारी छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको बैठक आज पनि बस्दैछ । पहिलो दिनको बैठकमा स्थानी तह निर्वाचन निर्देशिका २०७८ मा छलफल गरी त्यसलाई पारित गरेको छ । जसपाका कार्यकारिणी सदस्य मनिष सुमनका अनुसार आजको बैठकमा संगठनात्मक प्रतिवेदन र विधान अधिवेशनलगायतका विविध प्रस्तावमा छलफल हुने छ । पार्टीमा यसअघि देखिएको विभिन्न विवाद समाधान भइसकेको र पार्टी एक ढिक्का भएर चुनावमा जाने जसपा संघीय परिषद्को बैठकले घोषणा गरेको थियो । परिषद्को बैठक फागुन २८ गते बानेश्वरको एक पार्टी प्यालेसमा बसेको थियो ।
    केन्द्रीय समितिको बैठक आजै सम्पन्न गर्ने तयारी छ । बैठक कसरी अगाडि बढ्छ त्यो वक्तामा भरपर्ने नेता सुमनको भनाई छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *