सशस्त्रमा निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीलाई


  • सशस्त्रमा निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीलाई
  • काठमाडौं ।  सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ४ वर्ष सेवा अवधि पूरा गरी सोमबार अवकाश पाएका छन् । सशस्त्रमा चार वर्ष नेतृत्वको अवसर पाउने उनी पहिलो महानिरीक्षक हुन् । एआइजी पुष्पराम केसीलाई नेतृत्व सुम्पेर उनी बिदा भएका छन् । उनको बिदाईमा सोमबार अपरान्ह सशस्त्र प्रहरी मुख्यालयमा सामान्य कार्यक्रम गरिएको थियो । सरकारले नयाँ आइजिपी नतोक्दा एआइजीलाई नै नेतृत्व सुम्पेर उनी बिदा भएका हुन् । मन्त्रिपरिषद् बैठक समयमै बस्न नसक्दा सशस्त्रमा नेतृत्व परिवर्तनको बेला समस्या भएको हो । अत्याधिक चलखेलका कारण समयमै सरकारले सशस्त्रको नेतृत्व छान्न नसकेको हो । केसीलाई चुनौती दिदै अर्का एआइजी रामशरणा पाैडेल चलखेलमा लागेका छन् । त्यसपछि हुने आइजिपीको नेतृत्व पनि आजै टुंगाउन खोज्दा पनि ढिलाई भएको स्रोत बताउँछ ।दृष्टिन्यजज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *