अर्थतन्त्रमा कुनै संकट आएको छैन: अर्थमन्त्री शर्मा


  • अर्थतन्त्रमा कुनै संकट आएको छैन: अर्थमन्त्री शर्मा
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् । सोमबार अर्थ मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको दाबी गरे ।
    ‘मुलुकको अर्थतन्त्रमा कुनै ठूलो संकट आएको छैन । जसरी अर्थतन्त्रमा संकट आयो भनेर प्रचार गरिएको छ,’ उनले भने, ‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था छैन ।’ उनले सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताए । उनले अर्थतन्त्रमा सतकर्ता अपनाउनु पर्ने पनि बताए ।
    गत आर्थिक वर्षमा कोरोना महामारीलगायत कारणले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल नभएपनि चालू आर्थिक वर्षमा वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने देखिएको अर्थमन्त्रीले दाबी गरे । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । कोरोना महामारीका कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको, २०७६ फागुनको तुलनामा २०७८ कात्तिक महिनामा करिब ९८ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा आएको, उद्योग दर्ता र प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि सुधार हुँदै गएको अर्थमन्त्रीले बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *