प्रहरीका चार एसएसपी डिआइजीमा बढुवा


  • प्रहरीका चार एसएसपी डिआइजीमा बढुवा
  • काठमाडौं । नेपाल प्रहरीमा धेरै पछि ज्येष्ठताका आधारमा डिआइजी बढुवा भएको छ । चार रिक्त पदमा ज्येष्ठताक्रमअनुसार अघि रहेका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र चौधरी र मसाउँद आलम खाँ बढुवामा परेका हुन् । उनीहरुमध्ये चौधरीले आगामी १९ बैशाखमा अवकाश पाउनेछन् भने अन्य तीन जनाको जागिर अवधि ११ महिना छ ।
    सिनियर टोलीमध्येका प्रदीप श्रेष्ठ भने बढुवामा छुटेका छन् । जुनियर टोलीका एसएसपी पनि बढुवाको दौडधुपमा रहेकोमा अन्ततः सरकारले सिनियरलाई नै बढुवा गरेर न्याय गरेको छ । यससँगै अब नयाँ टोलीको बढुवा चुनावपछि मात्र हुने भएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *