‘ए मेरो हजुर ४’को प्रिमियर, अनमोल र सुहानाको तारिफ


  • 'ए मेरो हजुर ४’को प्रिमियर, अनमोल र सुहानाको तारिफ
  • काठमाडाैँ । आजदेखि देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘ए मेरो हजुर ४’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । बुधबार सिटी सेन्टरको बिग मुभिजमा फिल्मको प्रिमियर भव्यताका साथ सम्पन्न भएको हो । प्रिमियरमा यस फिल्मले भरपुर प्रशंसा समेत बटुलेको छ । फिल्म लगायत दिग्गज कलाकारहरूको उपस्थितिमा सम्पन्न भएको प्रिमियरमा नायक अनमोल केसी र नायिका सुहाना थापाको अभिनयको तारिफ समेत भएको थियो । यसभन्दा अघि नायक अनमोल केसीको अभिनयमा धेरैले खोट लगाइरहेका थिए । तर, यो फिल्मबाट त्यो खोट दूर हुने कलाकारहरूले नै अभिव्यक्ति दिएका छन् । फिल्म हेर्न पुगेकी नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, नायक सरोज खनाल, नायिका करिश्मा मानन्धर लगायतले अनमोलको अभिनयको खुलेरै तारिफ गरेका छन् । कलाकारले उत्कृष्ट अभिनय गरेकै कारण फिल्मले ध्यान अन्यत्र मोड्न नदिएको बताइन् । त्यस्तै, नायिका केकी अधिकारीले यस फिल्मको कहानीले धेरै पटक रूवाएको बताइन् । उनले यो फिल्ममा कलाकारहरूको अभिनय अन्यमा भन्दा उत्कृष्ट रहेको पनि उल्लेख गरिन् । कलाकार तथा नायक सरोज खनालले अनमोल केसीको अभिनय हेरेपछि आफू अचम्मित भएको बताउँदै अनमोलले अभिनयमा ल्याएको निखारताले दर्शकलाई सरप्राइज दिने प्रतिक्रिया दिए । त्यस्तै, नायिका करिश्मा मानन्धरले पनि फिल्म अवधिभर धेरै पटक रोएको बताइन् । फिल्म हेर्न हलमा पुगेका अधिकांश फिल्मीकर्मी, पत्रकारले कथावस्तु र अभिनयलाई उत्कृष्ट भनेपछि नायक अनमोल केसीले खुशी व्यक्त गरे । उनले अधिनयमा निखारता ल्याउन थप मेहनत गरिराख्ने प्रतिक्रिया दिए । आजबाट देशभर प्रदर्शन हुने यस फिल्मको बुकिङ केही दिनदेखि नै आक्रामक देखिएको छ ।  अनमोल केसी र सुहाना थापाको प्रमुख भुमिका रहेको यो फिल्म झरना थापाले निर्देशन गरेकी हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *